सर्लाही, ०७ असाेज । काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ ।

मंगलबार पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाँउपालीकालाई एम्बुलेन्स वितरण गरिएको काठमाडौं महानगरका स्वास्थ्य बिभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिएका छन् ।

एम्बुलेन्स वितरणका लागि आवेदन माग गरिएकोमा बिभिन्न स्थानीय तहबाट आएको आवेदनलाई हेर्दै मापदण्डका आधारमा सुविधा सम्पन्न एम्बुलेन्स उपलव्ध गराइएको उनले बताए । देशका सातै प्रदेशलाई समावेश गरिएको एम्बुलेन्स वितरण गरिएको उनले जानकारी दिए ।

एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *