सर्लाही, ०७ असाेज । दसैंलाई लक्षित गर्दै सामसङ नेपालले फोल्डेबल फोनहरूको मूल्य घटाएको छ। कम्पनीले ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ फोनमा क्यासव्याक दिएको हो ।

यि फोनहरुमा क्षमता पत्ता लगाउनुको साथै ५०,००० सम्मको क्यासबेक पाउन सक्छन् । जी फोल्ड-६ मा ५० हजार र जी फ्लिप- ६ मा ४० हजारसम्म क्यासब्याक पाइने छ ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित रूपान्तरणकारी प्रविधि सबैको लागि सुलभ हुनुपर्ने बताउँदै भन्छन्, ‘यस दशैंमा, हामी केवल विशेष मूल्य मात्र प्रदान गर्दैनौं । हामी सबैलाई हाम्रो अभूतपूर्व ग्यालेक्सी शृङ्खलाको अनुभव गर्न निम्ती गर्दछौं ।’

यसका अतिरिक्त नेपालभरिका प्रमाणित सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवामार्फत् यी स्मार्टफोनहरू शून्य प्रतिशत ब्याजमा सजिलो ईएमआईमा पाउन सकिनेछ । जसमा अब पूर्ण मन शान्तिका लागि १८ महिनाको यन्त्र बीमा पनि समावेश छ। यस प्रक्रियाका लागि केवल नागरिकताको प्रमाणपत्र भए पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *