सर्लाही, १० असाेज । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज बिहान शीतल निवासमा भेटवार्ता भएको छ ।
शीतल निवास स्रोतले नेपालखबरलाई दिएको जानकारीअनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच आज अनौपचारिक भेटवार्ता भएको हो ।
भेटमा दुई जनाबीच समसामियक विषयमा छलफल भएको जानकारी दिँदै स्रोतले विस्तृत खुलाएन ।
यसअघि बुधबार मात्र उनीहरूबीच भेटवार्ता भएको थियो। त्यसपछि राष्ट्रपति पौडेलले मतदाता नामावली ऐन २०७३ संशोधन गर्न बनेको अध्यादेश जारी गरेका थिए ।
त्यसको एक दिनपछि राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री कार्की शीतल निवास पुगेकी हुन् ।
जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारको काँधमा फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गराउनुपर्ने मुख्य जिम्मेवारी छ ।