सर्लाही, १० असाेज । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै प्रकारका फाइलहरू अनुसन्धान हुने बताएका छन् ।

शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कार्यालयको निरीक्षणपछि पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइलहरू अघि बढ्ने बताएका हुन् ।

‘सबै फाइलको ब्रेक थ्रु हुन्छ । कतिपय ठाउँबाट राजनीतिक कनेक्सनका आधारमा जे कुरा रोकिएका थिए । त्यो हुँदैन अब । यो सरकारको म्यान्डेट नै सुशासन हो । सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र सुरक्षा दिन पनि सकिँदैन,’ उनले भने ।

उनले पहिले राजनीतिक कनेक्सनका आधारमा सुशासनमा आएका अवरोध हटाउन निर्देशन समेत दिएको बताएका छन् ।

‘केही राजनीतिक कनेक्सनको आधारमा सुशासनमा अवरोध आयो। जसरी कतिपय अपराध अनुसन्धानमा भ्रष्टाचार लगायतका विषयवस्तुमा जुन खालको अवरोध आयो । त्यो अवरोध हामीले हटाउनुपर्छ भन्ने मेरो अपेक्षा बमोजिम निर्देशन दिएको छु,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *