सर्लाही, १७ कार्त्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य ज्वाला संग्रौलाले भ्रष्टाचारविरुद्ध आफ्नो पद र ज्यान दाउमा राखेर लड्ने योद्धा रवि लामिछाने भएको बताएकी छन् ।
उनले देशलाई पार्टी सभापति लामिछाने जस्तो निडर सपुतको आवश्यकता रहेको जिकिर गरिन् ।
‘भ्रष्टाचारविरुद्ध आफ्नो पद र ज्यान दाउमा राखेर लड्ने योद्धा हो रवि!’ उनी सामाजिक सञ्जालमा लेख्छिन्, ‘यतिबेला देशलाई रबि जस्तो निडर सपुतको आवश्यकता छ !’
