सर्लाही, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका कारण स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गर्ने ऊर्जा सम्मेलन मिति परिवर्तन भएको छ । यसअघि इप्पानले १ र २ असोज २०८२ मा पावर समिट आयोजना गर्ने निर्णय गरेको थियो । सोही बेला प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएको र उक्त भ्रमणमा इप्पान पदाधिकारीको समेत सहभागिता हुने भन्दै पावर समिट पछाडि सार्ने निर्णय भएको इप्पानले जनाएको छ ।

अब पावर समिट २०२५ सोल्टी होटलमा २९ र ३० असोजमा आयोजना हुने भएको छ । सन् २००६ देखि हरेक २र२ वर्षमा आयोजना हुँदै आएको पावर समिटको यो नवौँ संस्करण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *