सर्लाही, १५ मंसिर । जेनजी आन्दोलनको क्रममा हतियार र कार्यालय जोगाउन नसकेको भन्दै सशस्त्र प्रहरी बलका एक डीएसपीलाई कारबाही सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले गरेको आन्तरिक छानबिन समितिले नयाँ बानेश्वरस्थित सुरक्षा बेसका तत्कालीन डीएसपी गौतम कुँवरलाई कारबाहीका लागि सिफारिस गरेको हो । सशस्त्र हेडक्वाटर स्रोतले विभागीय कारबाहीका लागि सिफारिस भएको पुष्टि गर्‍यो ।

‘आफू मातहतको हातहतियार र कार्यालयको सुरक्षा गर्न नसकेको देखिएपछि विभागीय कारबाहीका लागि सिफारिस भएको हो,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका बेला उनी बानेश्वरको सुरक्षा बेस इन्चार्ज थिए । उनको कार्यालयमा रहेका १४ थान एसएलआर हतियार प्रदर्शनकारीले जलाएको आरोप छ ।

अन्यत्र भने सशस्त्रको कतै क्षति नभएकाले अन्य केही कमान्डर पनि कारबाहीको सिफारिसमा परेका छन् ।

कारबाही सिफारिस भएका कुँवरलाई सशस्त्र प्रहरी नियमावली कारबाही हुने बताइए पनि कस्तो कारबाही हुने भन्ने केही खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *