दुर्लभ हिउँ चितुवाको राष्ट्रिय सङ्ख्या अनुमान सार्वजनिक गरिएको छ । सार्वजनिक तथ्यांकअनुसार नेपालमा हिउँ चितुवाको सङ्ख्या ३९७ र प्रति १०० वर्ग किलोमिटरमा औसत घनत्व एक दशमलव ५६ रहेको अनुमान गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयअन्तगर्तको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू-संरक्षण विभागको नेतृत्वमा विश्व वन्यजन्तु कोष नेपाललगायत संस्थाको सहयोगमा मूल्यांकन गरिएको थियो । वन्यजन्तु सप्ताहको समापन कार्यक्रममा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको सङ्ख्याले नेपालभरि हिउँ चितुवा र तिनीहरूको बासस्थानको स्थितिबारे महत्त्वपूर्ण जानकारी प्रदान गर्ने बताइएको छ ।
