काठमाडौं, १५ साउन । चीनको उत्तरी शान्सी प्रान्तमा आइतबार बिहान बेपत्ता भएको बसमा सवार १० जनाको मृत्यु पुष्टि भएको छ । सरकारी सञ्चार माध्यमका अनुसार, घटनाको खोजी तथा उद्धार कार्य जारी रहँदा अझै ४ जना हराइरहेका छन् । उक्त बस डाटोङ सहरमा मुसलधारे वर्षा बीच हराएको थियो ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार, एक जनाको शव पहिले नै घटनास्थलभन्दा तलतिरको क्षेत्रमा फेला परेको थियो । खोजीका क्रममा अन्य व्यक्तिका शव फेला परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *