सर्लाही, १९ साउन। प्रदेश सरकारको आर्थिक सहयोगमा मधेसका सहिद परिवारलाई नि:शुल्क बिमा गरिएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको रु. ४० लाखले केही सहिद परिवारलाई बिमामा आबद्ध गरिएको उनले बताए। सबै सहिद परिवारको पहिचान गर्न नसकिएर, ठेगाना यकिन गर्न नसकेर र कतिपय परिवार बसाइँसराइ गरेर गएकाले पूर्णरूपमा सहिद परिवारलाई बिमामा समावेश गर्न कठिन भएको उनको भनाइ छ । उनका अनुसार सरकारले सञ्चालनमा ल्याएका आधारभूत अस्पताललाई बिमा सेवाअन्तर्गत ल्याउने प्रयास भइरहेको छ । साथै, क्यान्सर, मुटु रोग, डायलासिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी जस्ता जटिल रोगका बिरामीका लागि प्रमाणको आधारमा थप रु. एक लाखको बिमा सीमा थप गरिएको छ । नियमित नवीकरण गरिएकामा भुक्तानी शुल्कमा सहुलियत व्यवस्था पनि गरिएको छ । मधेस प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रम २०७३ सालदेखि सुरु भएको हो भने २०७५ सालबाट आठ वटै जिल्लामा विस्तार गरिएको थियो । बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रत्येक वडामा रहेका दर्ता सहयोगीलाई घरदैलोमै पठाएर नागरिकलाई बिमामा सहभागी गराउने अभियानमा रहेको प्रदेश संयोजक कुशवाहाले जानकारी दिए ।