मधेसमा स्वास्थ्य बीमा गराउने साढे सात लाख बढी

Byसदाम हुसैन

२०८२ श्रावण १९, सोमवार २०८२ श्रावण १९, सोमवार २०८२ श्रावण १९, सोमवार

सर्लाही, १९ साउन। प्रदेश सरकारको आर्थिक सहयोगमा मधेसका सहिद परिवारलाई नि:शुल्क बिमा गरिएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको रु. ४० लाखले केही सहिद परिवारलाई बिमामा आबद्ध गरिएको उनले बताए। सबै सहिद परिवारको पहिचान गर्न नसकिएर, ठेगाना यकिन गर्न नसकेर र कतिपय परिवार बसाइँसराइ गरेर गएकाले पूर्णरूपमा सहिद परिवारलाई बिमामा समावेश गर्न कठिन भएको उनको भनाइ छ । उनका अनुसार सरकारले सञ्चालनमा ल्याएका आधारभूत अस्पताललाई बिमा सेवाअन्तर्गत ल्याउने प्रयास भइरहेको छ । साथै, क्यान्सर, मुटु रोग, डायलासिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी जस्ता जटिल रोगका बिरामीका लागि प्रमाणको आधारमा थप रु. एक लाखको बिमा सीमा थप गरिएको छ । नियमित नवीकरण गरिएकामा भुक्तानी शुल्कमा सहुलियत व्यवस्था पनि गरिएको छ । मधेस प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रम २०७३ सालदेखि सुरु भएको हो भने २०७५ सालबाट आठ वटै जिल्लामा विस्तार गरिएको थियो । बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रत्येक वडामा रहेका दर्ता सहयोगीलाई घरदैलोमै पठाएर नागरिकलाई बिमामा सहभागी गराउने अभियानमा रहेको प्रदेश संयोजक कुशवाहाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *