सर्लाही, २० साउन । जनता समाजवादी पार्टी (जसपा) सर्लाहीले तत्काललाई पूर्व निर्धारित आन्दोलनको कार्यक्रम स्थगित गरेको छ ।

पार्टीका जिल्ला सचिव सोहन झाले आज एक विज्ञप्ती जारी गर्दै मौसम प्रतिकूल बनेको र रक्षावन्धनले गर्दा आज देखि चरणवद्ध रुपमा गर्ने भनिएको आन्दोलन अर्को सूचना जारी नहुन्जेलसम्म स्थगित गरिएको जानकारी गराएका हुन् । पार्टीका मधेश प्रदेश अध्यक्ष अशोककुमार यादवविरुद्ध जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासँग गालीगलौच गरिएको विषयमा मुद्दा दायर भएको विषयमा जसपा सर्लाहीले आजदेखि प्रदर्शन, जिल्ला बन्दलगायतको कार्यक्रम घोषणा गरेको थियो । ति कार्यक्रम तत्काललाई रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *