दीपिकाको रिल्सलाई १ अर्ब ९० करोड पटक हेरियो, राख्यो विश्व रेकर्ड

Byसदाम हुसैन

२०८२ श्रावण २०, मंगलवार २०८२ श्रावण २०, मंगलवार २०८२ श्रावण २०, मंगलवार

अभिनेत्री दीपिका पादुकोण यो समयमा बलिउडकी सबैभन्दा चर्चित स्टार हुन् । दुई दशकदेखि सक्रिय उनी धेरै कमाउने मध्येकी अभिनेत्रीको सूचीमा सामेल छिन् । उनी हालै हलिउडको ‘वाक अफ फेम’ सम्मान प्राप्त गर्ने पहिलो भारतीय कलाकार बनिन् । यस्तोमा, उनले अर्को कीर्तिमान रचेकी छन् । उनको एक इन्स्टाग्राम रिल्सलाई १ अर्ब ९० करोड पटक हेरिएको छ, जुन विश्व कीर्तिमान हो । उनलाई इन्स्टाग्राममा मात्र ८ करोड जनाले पछ्याएका छन् । दीपिकाले यसअघि क्रिकेटर हार्दिक पाण्ड्याको १.६ बिलियन भ्यूजको रिल्स र फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डाको ५०३ मिलियन भ्यूज भएको रिल्सको कीर्तिमानलाई समेत उछिनेकी छन् । दीपिकाको सबैभन्दा धेरै हेरिएको हिल्टन होटलमा बनाइएको एक रिल्स हो । यो रिल्स निर्माणमा हिल्टन होटल र दीपिकाले पेड पार्टनिरसिप गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *