मस्तिष्कको रक्तनली बन्द हुने वा फुटेको अवस्थालाई मस्तिष्कघात (ब्रेन स्ट्रोक) भनिन्छ । यो स्केमिक र हेमोरेजिक गरी दुई किसिमको हुन्छ । मस्तिष्कको रगत बग्ने नली बन्द भएर अथवा कम रगत प्रवाह वा रगत जमेका कारणले मस्तिष्कमा हुने पक्षघात स्केमिक हो । यो झन्डै ८० प्रतिशतमा देखिने गरेको छ । त्यस्तै टाउकोमा नसा फुटेर हुने मस्तिष्कघात हेमोरेजिक हो । स्केमिकभन्दा हेमोरेजिक बढी जोखिम हुन्छ । मस्तिष्कघातपछि कतिपय बिरामीको हात, खुट्टा नचल्ने र मुख बांगिने हुन्छ । कतिपय बिरामीलाई पक्षघात हुन सक्छ । मस्तिष्कघात हुन नदिन खानपानलगायतका जीवनशैलीमा ध्यान दिनु पर्छ ।
नुनको सेवन कम गरौं
नियमित व्यायाम गरौं
मदिरा सेवन नगरौं
वजन सन्तुलित राखौं
धूमपान र सुर्तीजन्य पदार्थको सेवन नगरौं