सर्लाही, २५ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन शनिबार काठमाडौंमा सम्पन्न भएको छ । अक्सनमा १६४ खेलाडीको सूची रहेकोमा कुल ३७ खेलाडीहरू विभिन्न टिमले अनुबन्ध गरेका छन् ।
सर्लाही मलंगवा नगरपालिका– १० निवासी युवा क्रिकेटर विशाल पटेललाई लुम्बिनी लायन्सले ५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। यो अनुबन्धले उनलाई राष्ट्रिय स्तरको प्रतियोगितामा खेल्ने अवसर प्रदान गर्नुका साथै भविष्यमा नेपाली क्रिकेटमा उदाउने सम्भावना समेत देखाएको छ।
अक्सनमार्फत हरेक टोलीले आफ्नो आवश्यकताअनुसार खेलाडीहरू छनोट गरेका छन् । अब विदेशी खेलाडीको टुंगो लगाउने प्रक्रिया मात्र बाँकी रहेको आयोजकले जनाएका छन् ।