काठमाडौँ, २९ साउन । पानीका विषयमा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले भारतलाई चेतावनी दिएका छन् ।

मंगलबार इस्लामाबादमा आयोजित एक समारोहमा उनले भने, ‘म शत्रुलाई भन्न चाहन्छु- यदि तिमीले हाम्रो पानी आपूर्ति बन्द गर्ने धम्की दियौ भने यो कुरा याद राख- तिमीले पाकिस्तानको ‘एक थोपा’ पनि खोस्न सक्दैनौ ।’

उनले थपे, ‘म कसम खान्छु- यदि तिमीले यस्तो गर्‍यौ भने म तिमीलाई फेरि यस्तो पाठ सिकाउनेछु कि तिमीले पुर्पुरोमा हात राख्नुपर्नेछ ।’ अप्रिल २३ मा जम्मु-कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतले सिन्धु जलसन्धि निलम्बन गरेको छ । जुन सन्धिअन्तर्गत पाकिस्तानले पानी पाउँछ ।

पहलगाममा भएको आक्रमणपछि र त्यसअघि पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रगत र पानी एकसाथ बग्न सक्दैनन् भनेका थिए ।

सहबाज सरिफले दिएको धम्कीका विषयमा भारतबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *