सर्लाही, ०१ भदाै । पाकिस्तानले आउँदो सेप्टेम्बरमा हुने एसिया कप टी–२० का लागि टोली घोषणा गरेको छ । टोलीमा दुई अनुभवी खेलाडी बाबर आजम र मोहम्मद रिजवान भने समावेश छैनन् ।
वेस्ट इन्डिजविरुद्धको सिरिजमा घाइते भएका फखर जमान पूर्ण रूपमा फिट भएर टोलीमा फर्किएका छन् । सलमान आघा कप्तान रहने १७ सदस्यीय टोलीले एसिया कपअघि युएई र अफगानिस्तानसँग त्रिकोणात्मक सिरिज पनि खेल्नेछ । बाबरले अन्तिम पटक सन् २०२४ को डिसेम्बरमा टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए ।
पछिल्लो पाकिस्तान सुपर लिगमा उनले पेशावर जाल्मीका लागि सात खेलमा ५६*, ५३* र ९४ रनसहित केही उत्कृष्ट प्रदर्शन गरेका थिए । वेस्ट इन्डिजविरुद्धको हालैको एकदिवसीय सिरिजमा भने उनको योगदान ४७, ० र ९ रनमा सीमित रह्यो ।
रिजवान पनि पछिल्ला टी–२०आई सिरिजहरूमा छनोटमा परेका थिएनन्। उनले वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय खेलमा ५३ रन बनाए पनि बाँकी दुई खेलमा राम्रो प्रदर्शन गर्न सकेनन् ।
पाकिस्तानको टोली: सलमान आघा (कप्तान), अबरार अहमद, फहीम अस्रफ, फखर जमान, ह्यारिस रउफ, हसन अली, हसन नवाज, हुसैन तलत, खुर्शदिल शाह, मोहम्मद ह्यारिस (विकेटकिपर), मोहम्मद नवाज, मोहम्मद वसीम, साहिबजादा फारहान, साइम अय्युब, सलमान मिर्जा, शाहिन शाह अफ्रिदी, सुफयान मोकीम