सर्लाही । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड अभिनेता रजनीकान्तलाई सिनेक्षेत्रमा ५० वर्ष पूरा गरेकामा बधाई दिएका छन् । मोदीले सामाजिक सञ्जाल एक्समार्फत उनलाई बधाई दिएका हुन्।दिल्लीमा भएको बैठकको फाइल तस्बिर सेयर गर्दै प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘सिनेमाको दुनियाँमा गौरवशाली ५० वर्ष पूरा गरेकामा रजनीकान्तजीलाई बधाई छ । उनको यात्रा अविस्मरणीय छ । उनका विभिन्न भूमिकाले मानिसको हृदयमा गहिरो प्रभाव पारेका छन् । आगामी दिन उनको थप सफलता र सुस्वास्थ्यको कामना गर्दछु ।’ प्रधानमन्त्री मोदीको यो पोस्टको जवाफ दिँदै रजनीकान्तले लेखेका छन्, ‘आदरणीय नरेन्द्र मोदीजी, तपाईंको शुभकामनाका लागि म धेरै-धेरै धन्यवाद दिन्छु। यस्तो सम्मानजनक शब्द पाउनु मेरा लागि गर्वको कुरा हो, विशेष गरी एक नेताबाट, जसलाई म लामो समयदेखि धेरै प्रशंसा गरिरहेको छु। तपाईंका शब्दहरूका लागि धन्यवाद। जय हिन्द।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *