सर्लाही, ०४ भदाै । शारदा ब्यारेज भएर हुने चार र तीन पाङ्ग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको छ । महाकाली नदीमा पानीको बहाब बढेपछि शारदा बयारेज भएर हुने ठूलो सवारी साधनको आवागमनमा रोक लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार बुधबार दिउँसो ४ बजेको अपडेटअनुसार महाकालीमा पानीको बहाब एक लाख १४ हजार ४३९ क्युसेक पुगेको छ ।
महाकाली नदीमा रहेको नेपाल-भारत जोड्ने बनबासा पक्की पुल (शारदा ब्यारेज) जीर्ण हुँदा पानीको बहाब एक लाख क्युसेक नाघेपछि आवागमनमा रोक लगाइने गरिन्छ ।
पहाडी भेगमा वर्षा भएकाले बुधबार महाकालीमा पानीको बहाब बढेको छ ।