सर्लाही, ०९ भदाै । मदिरा उत्पादन गर्ने कम्पनीहरुले आव २०८१/८२ को असार मसान्तसम्म कुल २१ अर्ब ७६ करोड ऋण लगेका छन् ।
यी कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट अघिल्लो वर्षको तुलनामा .४ प्रतिशतले कम कर्जा लगेका हुन् ।
आव २०७९/०८० मा बैंक तथा वित्तीय संस्थाहरुले मदिरा उत्पादकहरुलाई कुल २७ अर्ब १८ करोड रुपैयाँ ऋण प्रवाह गर्दा आव २०८०/८१ मा २३ अर्ब ७६ करोड कर्जा प्रवाह गरेका थिए ।
अघिल्लो आवमा बढाएको कर्जा प्रवाह गत वर्ष भने बैंकहरुले बढाउन नसकेका हुन् ।
योबाहेक अन्य पेय पदार्थहरुको उत्पादनतर्फ बैंकहरुले कुल १० अर्ब ७५ करोड रुपैयाँ ऋण प्रवाह गरेका हुन् । जुन अघिल्लो वर्षभन्दा ४.५ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थाहरुले यो क्षेत्रमा १० अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।