सर्लाही, १२ भदाै । मधेश प्रदेशको प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि बस्दै छ ।
पाँचौ अधिवेशनलाई हतारहतारमा प्रदेश सरकारले अन्त्य गरेको लामो समयपछि छैटौँ अधिवेशनको आह्वान गरिएको छ ।
असार मसान्तको क्रममा योजना खरिद विक्री हुने गरेको भन्दै सत्तापक्षका केही सांसद र प्रतिपक्षीले समेत आवाज उठाएपछि मधेश प्रदेश सरकारले हतारहतारमा पाँचौ अधिवेशन अन्त्यको घोषणा गरिएको थियो ।
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०८२ भदौँ ४ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।
नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम सो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए ।