सर्लाही, १२ भदाै । सर्लाहीको सखुवा सीमा नाकामा रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीमाथि कारबाही गरी छानबिन सुरु गरिएको छ ।

भिडियोमा देखिएका सशस्त्र प्रहरी सई लेखराज विष्ट र हवल्दार सुमन चौधरीलाई तत्काल जिम्मेवारीमुक्त गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार सई विष्टलाई छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दिबासमा तानिएको छ भने हवल्दार चौधरीलाई नं. १० गण, सर्लाहीमा राखेर छानबिन अघि बढाइएको छ ।

भदौ ८ गते राति खिचिएको भिडियोमा उनीहरूले भारतीय तस्करलाई ‘लाइन मिलाइदिएको’ भन्दै २२ रुपैयाँ असुल गरेको दृश्य देखिन्छ ।

उक्त भिडियो बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि विषय चर्किएको हो। सशस्त्र प्रहरीले यस घटनालाई गम्भीर रुपमा लिँदै आन्तरिक छानबिन सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *