काठमाडौँ , १२ भदाै । पाकिस्तानले अफगानिस्तानभित्र तहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) सहित अन्य अतिवादी समूहलाई लक्ष्य गरी हवाई आक्रमण गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाले डुरेन्ड रेखानजिकै अफगानिस्तानको खोस्ट र नान्गारहार प्रान्तमा हवाई आक्रमण गरेको हो ।

प्रारम्भिक रिपोर्टअनुसार, यी आक्रमणमा बालबालिका सहित ६ जनाको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन् ।

पाकिस्तानले हवाई आक्रमण गरेपछि दुई देशबीच युद्ध हुने जोखिम बढेको छ ।

पाकिस्तानी सुरक्षा स्रोतहरूले आक्रमणमा तहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) र हाफिज गुल बहादुर समूहको गढलाई लक्ष्य गरिएको बताएका छन् । 

दुवै सशस्त्र अतिवादी समूह पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अफगानिस्तानसँग जोडिएका क्षेत्रमा सक्रिय छन् ।

सन् २०२१ मा अफगानिस्तानमा तालिबानको पुनरागमनपछि यी समूहले पाकिस्तानी सेनाविरुद्ध घातक आक्रमण तीव्र पारेका छन्, जसमा सयौँ सैनिकले आफ्नो ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *