सर्लाही, १५ भदाै । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह स्विट्जरल्यान्ड प्रस्थान गरेका छन् । भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यन्त्रीको जिम्मेवारी दिएर उनी विदेश भ्रमणमा गएका हुन् ।
मुख्यमन्त्री सिंहले आफू विदेश भ्रमणमा जाने भएपछि केहीदिनअघि नै यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सुम्पिएका थिए । मुख्यमन्त्री सिंह शनिबार स्विट्जरल्यान्ड प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अवधेश झाले यही अगस्ट ३१ देखि सेप्टेम्बर ६ तारिकसम्म आयोजना हुने एक कार्यक्रममा मुख्यमन्त्री सिंह सहभागी हुनेछन् ।
भ्रमणका क्रममा संघीय प्रणालीअन्तर्गत अन्तर–सरकारी सहकार्यलगायत विषयमा छलफल, अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्ने कार्यक्रममा मन्त्री सिंह सहभागी हुने उनको सचिवालयले जनाएको छ ।