काठमाडौं, १७ भदाै । कोशी प्रदेशमा मेघगर्जनसहित पानी पार्ने मौसमी प्रणाली विकसित भएको छ ।
उदयपुरमा अवस्थित राडारले देखाएअनुसार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्ला आसपासका क्षेत्रमा पानी पार्ने मौसमी प्रणाली विकसित भएको हो । यो प्रणाली उत्तर–पश्चिम दिशामा फैलिरहेको छ ।
कोशी प्रदेशमा मेघगर्जनसहित पानी पार्ने मौसमी प्रणाली विकसित भएको छ ।
उदयपुरमा अवस्थित राडारले देखाएअनुसार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्ला आसपासका क्षेत्रमा पानी पार्ने मौसमी प्रणाली विकसित भएको हो । यो प्रणाली उत्तर–पश्चिम दिशामा फैलिरहेको छ ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने पूर्वानुमान छ ।