आज कीर्तिमानी मूल्यमा सुनको कारोबार, तोलाको कति ?

Byसदाम हुसैन

२०८२ भाद्र १८, बुधवार २०८२ भाद्र १८, बुधवार २०८२ भाद्र १८, बुधवार

सर्लाही, १८ भदाै ।  केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । आज बुधबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

आज सुन प्रतितोला दुई लाख ७,९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मङ्गलबार सुन प्रतितोला दुई लाख ५,९०० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला दुई हजारले बढेको हो ।

चाँदीको मूल्य भने घटेको छ । आज प्रतितोला ५ रुपैयाँले घटेर दुई हजार ४८० मा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *