सर्लाही, २० भदाै । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी र आपत्तिजनक भएको बताएका छन् ।


काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक, असंवैधानिक, अदूरदर्शी र आपत्तिजनक भएको बताएका छन् ।

बिहीबार फेसबुकमा स्टाटस लेख्दै उनले सरकारको निर्णयले संविधानले प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको अधिकार र सङ्गठित हुने अधिकारको उल्लङ्घन हुने चेतावनी दिएका छन् ।

साहले लेखेका छन्, “२१ औँ शताब्दीको सूचना प्रविधिको युगमा सरकारले चालेको यो कदमलाई जति निन्दा गरे पनि कम हुन्छ ।”

उनले वर्तमान सरकारलाई “अप्रजातान्त्रिक, अप्राकृतिक र अनैतिक गठबन्धन”को संज्ञा दिँदै त्यस्ता सरकारबाट राम्रो कार्यको अपेक्षा गर्नु “गोरूबाट दूध पाउने अपेक्षा” जस्तै भएको टिप्पणी गरेका छन् ।

साहले अपवित्र गठबन्धनको राजनीति अस्वीकार गर्न र लोकतान्त्रिक अधिकारको पक्षमा आम जनतालाई आवाज बुलन्द गर्न आह्वान समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *