सुनसरीको इटहरीमा जेन जेडले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोली प्रहार गरेको छ ।

इटहरी उपमहानगरपालिकाको कार्यालय क्षेत्रमा आन्दोलनकारी प्रवेश गरेपछि प्रहरीले हवाइ फायर गरेको हो । प्रहरी स्रोतका अनुसार दर्जनौँ राउण्ड गोली हवाइ फायर गरिएको छ ।

जेनजेडको प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग ठप्प बनेको छ भने धरानको भानुचोकस्थित धरान–धनकुटा सडकसमेत आन्दोलनकारीले नियन्त्रणमा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *