इटहरीमा जेन जेड प्रदर्शन : प्रहरीको गोली प्रहार, स्थिति तनावग्रस्त

Byसदाम हुसैन

२०८२ भाद्र २३, सोमवार २०८२ भाद्र २३, सोमवार २०८२ भाद्र २३, सोमवार

सुनसरीको इटहरीमा जेन जेडले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोली प्रहार गरेको छ ।

इटहरी उपमहानगरपालिकाको कार्यालय क्षेत्रमा आन्दोलनकारी प्रवेश गरेपछि प्रहरीले हवाइ फायर गरेको हो । प्रहरी स्रोतका अनुसार दर्जनौँ राउण्ड गोली हवाइ फायर गरिएको छ ।

जेनजेडको प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग ठप्प बनेको छ भने धरानको भानुचोकस्थित धरान–धनकुटा सडकसमेत आन्दोलनकारीले नियन्त्रणमा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *