सर्लाही, २४ भदाै । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आतंकवादी’ को संज्ञा दिएका छन् ।

सोमबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रमुख शाहले ओलीमाथि अत्यन्तै तिखो र व्यक्तिगत आक्षेप लगाएका हुन् ।

बानेश्वर प्रदर्शनको घटनाप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेपछि त्यसको प्रतिक्रियामा शाहको यस्तो स्टाटस आएको हो । ओलीको वक्तव्य आएको केहीबेरमै शाहले आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।

प्रमुख शाहले ओलीका सन्तान नभएको विषयलाई जोड्दै अरूका सन्तानको मृत्युको पीडा बुझ्न नसक्ने तर्क गरेका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, “साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस् । तेरो भरौटेहरूको पो बा भइस् ।”

आफ्नो स्टाटसमा शाहले ओलीलाई  आतंकवादी को संज्ञा दिएका छन् । उनले लेखेका छन्, “यस्तो आतंकवाद यो विश्वले कहिल्यै देखेको थिएन । तँ नेता त के मान्छे पनि बन्न सकिनस्, आतंकवादी होस् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *