एजेन्सी, २७ भदाै । पाकिस्तानको पञ्जाब प्रान्तमा बाढीका कारण २० लाख जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ । बाढीका कारण देशको पूर्वी भाग सबैभन्दा धेरै प्रभावित भएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्रमुख इनाम हैदर मलिकले सिन्ध प्रान्तबाट थप १ लाख ५० हजार जनालाई सुरक्षित ठाउँमा सारिएको बताउनुभएको छ । पत्रकार सम्मेलनमा उहाँले यो सङ्ख्या अझ बढ्न सक्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ ।

इन्टरनेशनल मेडिकल कोर्प्सको तथ्याङ्क अनुसार जुनको अन्त्यदेखि मनसुनी वर्षाका कारण देशभर ९ सय जनाभन्दा धेरैको ज्यान गएको छ ।

जलवायु परिवर्तनले पाकिस्तानमा बाढीको समस्या झनै बढाएको छ । सरकारले राम्रो सतर्कता प्रणाली र बलियो पूर्वाधारजस्ता प्रकोपहरूको तयारीमा समयमै लगानी नगरेको आलोचकहरू बताउँछन् ।

बाढीले पाकिस्तानमा ठूलो सङ्ख्यामा खेतबारी र घरहरू ध्वस्त पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *