कतारमा भएको इजरायली आक्रमणबारे ट्रम्पको मौनतामा अमेरिकी विश्वसनीयतामाथि प्रश्न

Byसदाम हुसैन

२०८२ भाद्र २७, शुक्रवार २०८२ भाद्र २७, शुक्रवार २०८२ भाद्र २७, शुक्रवार
President Donald Trump and first lady Melania Trump attend a ceremony at the Pentagon to commemorate the 24rd anniversary of the 9/11 attacks, Thursday, Sept. 11, 2025, in Washington. (AP Photo/Julia Demaree Nikhinson)

एजेन्सी, २७ भदाै । तीन दिनअघि कतारमा हमास नेताहरूमाथि इजरायलले गरेको आक्रमणप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ढिलो र कमजोर प्रतिक्रिया देखिएको भन्दै विश्लेषकहरूले यसले खाडी क्षेत्रमा अमेरिकाको सैन्य साझेदारीमाथि प्रश्न उठाएको बताएका छन् ।

आक्रमणपछि ट्रम्पले शुरुमा दुःख लाग्यो भने पनि औपचारिक रूपमा इजरायलको निन्दा नगरेको अलजजिराले जनाएको छ । आक्रमणबारे कतारलाई पहिले जानकारी दिइएको दाबी दोहाले अस्वीकार गरेको छ ।

आक्रमणमा एक सुरक्षा अधिकारीसहित छ जनाको ज्यान गएको थियो ।

अरबी विज्ञ खलिल जहसानले ट्रम्पको प्रतिक्रियालाई विरोधाभासी र कमजोर भन्दै महाशक्ति राष्ट्रको योग्यता अनुरूपको भूमिका नभएको टिप्पणी गर्नुभयो । बेकर्स इन्स्टिच्युटका क्रिस्टियन कोट्स उल्रिखसेनले यसले अमेरिकाको मध्यस्थकर्ताको भूमिकामाथि गम्भीर प्रश्न उठाएको बताउनुभएको छ ।

इजयारली प्रधानमन्त्री नेतान्याहुले कतारमा फेरि आक्रमण गर्ने चेतावनी दिँदै आतङ्ककारीलाई शरण दिने राष्ट्रहरूले यस्तै परिणाम भोग्नुपर्ने बताउनु भएको छ ।

अमेरिकाले इजरायली आक्रमणको पूर्वजानकारी वा मौन सहमति दिएको पुष्टि भए यसले अमेरिकाको खाडी क्षेत्रमा सुरक्षा संवेदनशिलता र राजनीतिक सम्बन्धलाई गम्भीर रूपमा क्षति पु¥याउन सक्ने खबरमा भनिएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *