सर्लाही। खानेकुरामा भएको फलाम तत्त्वले शरीरमा रगत बनाउन र स्वस्थ राख्न मद्दत गर्दछ । शरीरमा फलाम तत्त्वको पर्याप्त नभएमा रगतको कमी हुन्छ ।

रिङ्टा लाग्ने, कमजोरी हुने, आलस्य लाग्ने, मुख फुस्रो हुने हुन्छ । रगतको कमी भएमा बच्चा राम्ररी बढ्न सक्दैन । बच्चा कमजोर हुन्छ र खानेकुरा रुच्दैन । यसका साथै बच्चाहरूमा ध्यान दिए    र सुन्ने क्षमता हुँदैन । महिलाहरू र १२ वर्षदेखि माथिका केटीहरूमा रगतको कमी हुने समस्या बढी देखिन्छ ।

रगतको कमी कसरी थाहा पाउने ?    

–    आँखाको डिलमा रातोपन कम वा धेरै फुस्रोपन देखिएमा 
–    नङ फुस्रो, सेतो देखिएमा
–    नङको आकार चम्चा जस्तो भएमा
–    अनुहार फुस्रो देखिएमा 
–    काम गर्दा छिट्टै थाक्ने, स्वाँ—स्वाँ भएमा
–    रिङ्टा लाग्ने, कमजोरी महसुस भएमा
फलाम तत्त्व पाइने स्रोतहरू
–    हरियो सागपात
–    काउलीको पात
–    गेडागुडी
–    कोदो, चिउरा
–    गुन्द्रुक
–    फलामको भाँडामा पकाएको खानेकुरा
–    कलेजो, मासु, अन्डा र माछा
भिटामिन सी भएका फलफूल, तरकारीले शरीरमा भएको फलाम तत्त्वलाई शोषण गरी मद्दत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *