विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

Byसदाम हुसैन

२०८२ कार्तिक २, आइतवार २०८२ कार्तिक २, आइतवार २०८२ कार्तिक २, आइतवार

सर्लाही, ०२ कार्त्तिक । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।

शनिबार नेपाल क्रिकेट संघ क्यानले फेसबुकमार्फत युएईमा हुने शृंखलाका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेका हुन् ।

ट्वान्टी-२० राष्ट्रिय टोलीबाट तीन खेलाडी फेरिएका छन् । मुख्य प्रशिक्षक स्टुअर्ट लले सन्दीप जोरा, लोकेश बम र मोहम्मद आदिल आलमलाई प्रतिस्थापन गर्दै अनिल शाह, भीम सार्की र साहब आलमलाई टोलीमा बोलाएका छन् ।

२६ अक्टोबर देखि सुरु हुने शृंखलामा नेपालले घरेलु टोलीसँगै अमेरिकासँग दुई लेग खेल्ने तालिका छ । शृंखला नोभेम्बर ६ सम्म चल्नेछ ।

लिग-२ को अंकतालिकामा नेपाल अहिले १२ खेलमा १६ अंक जोड्दै सातौं स्थानमा छ । समान खेलबाट मात्र ६ अंक जोडेको युएई पुछारमा रहँदा अमेरिका २० खेलबाट २८ अंक जोड्दै दोस्रो स्थानमा छ ।

लिग-२ मा प्रत्येक टोलीले कूल ९ शृंखलामा कूल ३६ खेल खेल्नेछन्। शीर्ष चारमा रहने टोलीले सोझै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् भने अन्तिम चारमा रहने टोलीले भने छनोट चरणको प्लेअफ खेल्नुपर्नेछ ।

नेपाली टोलीमा को-को ?

कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल कप्तान, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अनिल शाह, शाहब आलम, भीम सार्की, सोमपाल कामी, करण केसी, गुल्शन कुमार झा, नन्दन यादव, ललितनारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *