सर्लाही, १० मंसिर । मलंगवा नगरपालिकाले नगरभित्रका सबै वडामा लामखुट्टे नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले लार्भा (लामखुट्टे) साईट स्प्रे कार्य सुरु गर्ने भएको छ ।

नगरपालिका कार्यालयका अनुसार वडा नं. १ देखि १२ सम्म क्रमबद्ध रूपमा स्प्रे प्रक्रिया सञ्चालन गरिने छ ।

नगर क्षेत्रभित्र बढ्दो जोखिमलाई मध्यनजर गर्दै नगरपालिका प्रशासनले विशेष टोली खटाई स्प्रे कार्य सञ्चालन गर्ने तयारी सम्पन्न गरेको जनाएको छ ।

नगरपालिकाबाट खटिने कर्मचारी तथा टोली विभिन्न वडा, टोल र वस्तीमा पुग्ने भएकाले स्प्रे कार्य प्रभावकारी तथा सहज बनाउन वडा कार्यालयहरू, टोल समिति, सामुदायिक प्रतिनिधि तथा सर्वसाधारण स्थानीयवासीलाई आवश्यक सहयोग र व्यवस्थापन गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिकाले सामूहिक सहयोग बिना अभियान सफल हुन नसक्ने भन्दै प्रत्येक बासिन्दाले आफ्नो क्षेत्रमै हुने स्प्रे कार्यका लागि वातावरण सहज बनाउन, टोलीलाई आवश्यक मार्गदर्शन र सहयोग उपलब्ध गराउन आग्रह गरेको छ ।

लामखुट्टे नियन्त्रण तथा सार्वजनिक स्वास्थ्य सुरक्षित राख्ने उद्देश्यका साथ सञ्चालन हुने यो अभियानलाई सबैको सक्रिय सहभागिताले थप प्रभावकारी बन्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *