सर्लाही, १० मंसिर । सर्लाहीको कौडेना गाउँपालिका–२ नहरस्थित गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
लखनदेही नदीबाट सुन्दरपुरतर्फ जाँदै गरेका पैदल यात्री हरिवन नगरपालिका–२ अत्रौली निवासी ५२ वर्षीय प्रेमबहादुर बललाई संकास्पद देखिएका कारण चेकजाँच गरिएको प्रहरीले जनाएको छ ।
चेकजाँचको क्रममा उनले पछाडि बोकेको भिर्नी झोलाभित्र लुकाइ–छिपाइ प्लास्टिकले बेरिएका २ पोका गाँजा फेला परेको हो ।
उक्त गाँजाको तौल प्लास्टिकसहित ४ केजी रहेको प्रहरीले पुष्टि गरेको छ ।
पक्राउ परेका बललाई आवश्यक अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
