कविलासी नगरपालिकाले पनि मनाए स्वंय सेविका दिवस

Byसदाम हुसैन

२०८२ मंसिर २०, शनिवार २०८२ मंसिर २०, शनिवार २०८२ मंसिर २०, शनिवार

संतोष कर्ण

सर्लाही, २० मंसिर। कविलासी नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा कविलासी न.पा. को गैर आयुर्वेद अस्पतालको सभा हलमा २२ सौ स्वास्थ्य स्वयं सेविका दिवस मनाएको छ ।

कविलासी नगरपालिकाको उप प्रमुख पुनम कर्णको अगुवाइमा स्वास्थ्य स्वयं सेविकाहरु नगर परिक्रमा गरि कार्यक्रम स्थलमा पुगेर कविलासी न पा को नगर प्रमुख ब्रह्मदेव यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकोछ ।

कार्यक्रममा बिभिन्न वडाका स्वास्थ्य स्वयं सेविकाहरु विच स्वास्थ्य सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता पनि गराइएको थियो।सो प्रतियोगितामा सलेमपुर प्रथम कबिलासी दोस्रो र पिपरियाले तेश्रो स्थान प्राप्त गरेको थियो ।

कार्यक्रममा सबै वडाका स्वास्थ्य स्वयं सेविकाहरुको कार्यको उच्च मूल्याङ्कन गर्दै न्युनतम सेवा सुविधा लिएर काम गरेकोले कविलासी न पा का मेयर ब्रम्हदेव राय र उप मेयर पुनम कर्ण ले प्रशंसा गर्दै उनीहरुलाई प्रोत्साहन स्वरुप झोला,स्वेटर,छाता र टर्च उपाहार प्रदान गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य संयोजक संजय झा उप स्वास्थ्य संयोजक नितु यादव सलेमपुरका स्वास्थ्य प्रमुख कार्यपालिका सदस्य बिनय कर्ण, बिष्णु झा तथा बिभिन्न वडाका स्वास्थ्य स्वयं सेविकाहरुको उल्लेख उपस्थित रहेको थियो ।

बक्ताहरुले स्वयं सेविकाहरुले समाजमा गरेका कामको प्रशंसा गर्दै समस्या समाधान का उपाय र कार्यको उच्च मूल्याङ्कन गर्दै अगामी दिनमा सेवा सुविधा बढाउदै लैजाने प्रतिबद्धता गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *