सर्लाही ।  बलिउड अभिनेता प्रेम चोपडाको मुटुमा समस्या देखिएपछि भल्भ प्रत्यारोपण गरिएको छ ।

यो कुरा उनका ज्वाइँ तथा अभिनेता शर्मन जोशीले पुष्टि गरेका छन् ।

९० वर्षीय चोपडालाई हालै ‘एक्युट एओर्टिक स्टेनोसिस’ भएको पत्ता लागेको थियो, जुन मुटुको भल्भलाई क्षति पुर्‍याउने अवस्था हो ।

यो अवस्थाले मुटु र शरीरका विभिन्न भागमा रगत पुर्‍याउने मुख्य धमनी एओर्टाको रक्त प्रवाहलाई असर गर्छ ।

शर्मन जोशीले इन्स्टाग्राममा लेखेका छन्, ‘बुबालाई एक्युट एओर्टिक स्टेनोसिस भएको पत्ता लागेको थियो, त्यसपछि ओपन-हार्ट सर्जरीबिना भल्भ प्रतिस्थापन गर्न टीएभीआई प्रक्रिया सफलतापूर्वक गरियो । अहिले बुबा घरमा हुनुहुन्छ र धेरै आराम महसुस गरिरहनुभएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *