सर्लाही, २६ मंसिर । सर्लाहीको गोडैता नगरपालिकाका २ वटा वडालाई आज एकैसाथ बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।

वडा नं. १ बहादुरपुरलाई प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंह र वडा नं. १२ मधुवनीलाई नगरप्रमुख देवेन्द्रकुमार यादवको प्रमुख आतिथ्यतामा बालविवाहमुक्त घोषणा गरिएको हो । यस वडामा बालविवाह नियन्त्रणका लागि निरन्तर सचेतनामूलक कार्यक्रम भएका थिए ।

अब पनि बालविवाह हुन नदिने जनप्रतिनिधि, राजनीतिज्ञ, सामाजिक अगुवा, बाल क्लबका पदाधिकारीलगायतले प्रतिवद्धता जनाएपछि बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

वडा कार्यालय र नगरपालिका कार्यालयले विभिन्न गैरसरकारी संघसंस्थासँग समन्वय गरी विभिन्न मापदण्ड पूरा गरेर बालविवाहमुक्त वडा घोषणा गरेका हुन् ।

वडाहरुलाई बालविवाहमुक्त घोषणा गर्न ईश्वरपुर र हरिपुर नगरपालिकामा पनि अहिले अभियान संचालन भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *