सर्लाही, २८ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि लुम्बिनीले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी एनपीएल दोस्रो सिजनको च्याम्पियन बनेको हो । उपाधिसँगै लुम्बिनीले एक करोड १० रुपैयाँ पुरस्कार पनि जितेको छ ।

त्यस्तै, उपविजेता सुदूरपश्चिमलाई ५१ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ । तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख र चौथो स्थानमा रहेको काठमाडौँ गोर्खाजले १५ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ । 

एनपीएल दोस्रो सिजनमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान सर्वोत्कृष्ट खेलाडी बनेका छन् । उनले पाँच लाख रुपैयाँ पुरस्कार पाएका छन् । एनपीएलका १० खेलमा १५ विकेट लिएका थिए । 

उनी फाइनल खेलमा पनि प्लेअर अफ द म्याच भए । उनले सुदूरपश्चिमका महत्त्वपूर्ण तीन विकेट लिएका छन्। फाइनलमा २.१ ओभर बलिङ गरेका रुबेनले तीन रन मात्रै खर्चिए । 

एनपीएलमा नेपालीतर्फ रोहित पौडेलले सर्वोत्कृष्ट खेलाडी बने । उनले ओमोडा कार पाएका छन् । प्रतियोगितामा उनले दुई सय ७६ रन बनाएका थिए भने नौ विकेट लिएका थिए । 

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर पोखराका एडम रोसिङटन बने । उनले ५० हजार रुपैयाँ पुरस्कार पाए। एडमले सात खेलमा तीन सय २३ रन बनाएका थिए । 

त्यस्तै, सर्वाधिक रन बनाउने नेपाली खेलाडी रोहित पौडल बने । रोहितले मोटरसाइकल पुरस्कार पाए। उनले दुई सय ७६ रन बनाएका थिए । 
प्रतियोगितामा सर्वोत्कृष्ट बलर विराटनगर किंग्सका सन्दीप लामिछाने बने । उनले मोटरसाइकल पुरस्कार पाए । सन्दीपले नौ खेलमा १७ विकेट लिएका छन् ।

त्यस्तै, सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा र लुम्बिनी लायन्सका शेर मल्लले पनि १७-१७ विकेट लिएका छन् । तर, अविनाश र शेरको भन्दा राम्रो इकोनमी भएकाले सन्दीप उत्कृष्ट बलर भए । 

यसैगरी, प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनीका शेर मल्ल बने । उनले मोटरसाइकल पुरस्कार पाए। शेरले १७ विकेट लिएका थिए । 

एनपीएलमा इनर्जेटिक प्लेअर अफ द टुर्नामेन्टको उपाधि लुम्बिनीका तिलक भण्डारीले पाए । उनले एक लाख रुपैयाँ पुरस्कार पाए । 

फाइनल खेलमा प्लेअर अफ म्याच लुम्बिनीका रुबेल ट्रम्पलम्यान बने । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए। फाइलन खेलमा उनले २.१ ओभरमा तीन रन दिएर तीन विकेट लिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *