सर्लाही, २८ मंसिर । सर्लाही जिल्ला नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको बैठकले रामविनय प्रसाद साहलाई अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरेको छ ।

बैठकले महासंघको जिल्ला कार्यसमितिका विभिन्न पदमा समेत पदाधिकारी चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा सरोज गुप्ता र उपाध्यक्षमा मुकेशकुमार जैसवाल चयन भएका छन् ।

यसैगरी महासंघको सचिवमा राजकुमार शाह, सह–सचिवमा मुकेश कुमार ठाकुर चयन भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी संजय प्रसाद गुप्ता लाई दिइएको छ ।

त्यसैगरी सदस्यहरूमा संजय कुमार महतो, अखलेस वैठा (मधुवन), सन्तोष चौधरी (कौडेना), उदयकान्त राय (बयलवास) र निरञ्जनकुमार सिंह (बलरा) चयन भएका छन् ।

महासंघको सल्लाहकारमा रमेशकुमार खड्का (पूर्व अध्यक्ष), रामनरेश शाह, गणपति कुमार झा, राजीव कुमार झा तथा शम्भुनाथ झा चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *