सांकेतिक फोटो ।

सर्लाही, १२ पुष । सर्लाहीको हरिपुर्वामा आज मध्यान्ह ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

हरिपुर्वा नगरपालिका–६, हरिपुर्वा पोखरी नजिक मधेश प्रदेश ०३–००१ त ८७०४ नम्वरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी छोरी दुई वर्षकी सोहानी साह फकिरको मृत्यु भएको हो ।

बालिकालाई बाटो काट्ने क्रममा इँटा लोड गरिएको ट्याक्टरले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बालिकालाई प्रादेशिक अस्पताल मलंगवा लगेर इसिजी गर्दा चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले बताए ।

राईका अनुसार दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *