सर्लाही, १३ पुष । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई साताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
आइतबार बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमतिपछि उनले महानगरको मेयर पदबाट राजीनामा गर्ने भएका हुन् । बालेनले दुई साताभित्रमा राजीनामा दिने तयारी गरेको बताइएको छ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ ।
चुनावका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची छ । बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमति भएको छ ।
