सर्लाही, १७ पुष । २०७२ भूकम्पछि अमेरिकाले नेपाली उत्पादनलाई बजार पहुँच दिन उपलब्ध गराउँदै आएको कर छुट सुविधाको सम्झौता आजदेखि अन्त्य भएको छ । नेपालले अमेरिकामा ७७ वस्तु निर्यात गर्दा कर छुट सुविधा पाउँदै आएको थियो ।

कर छुट सुविधा अन्त्यसँगै अबदेखि अमेरिकामा नेपाली वस्तु निर्यात गर्दा २६ प्रतिशतसम्म कर तिर्नुपर्नेछ । अमेरिकाले सन् २०१५ देखि अमेरिकाले नेपालका विभिन्न वस्तु आयातमा कर छुट सुविधा दिँदै आएको थियो ।

नेपालले कर छुट सुविधाअन्तर्गत पस्मिना सल, मफलर, टोपीलगायत ४८ वस्तु अमेरिकामा निर्यात हुँदै आएको नेपाल निर्यात परिषद्का निवर्तमान अध्यक्ष रमेश बहादुर पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *