सर्लाही, १८ पुष । सुनसरीको झुम्का कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ ।

जोर जबरदस्ती करणी मुद्दामा १२ वर्षको सजाय पाई ८ वर्ष कैद भुक्तान गरिरहेका जिल्ला सर्लाही पर्सा गाउँपालिका–५ निवासी जुम्राती बैठाका छोरा अन्दाजी ५०/५५ वर्षका हकिम बैठा पक्राउ परेका हुन् ।

भदौ २३/२४ गते भएको ‘जेन–जी आन्दोलन’ का क्रममा झुम्का कारागारबाट फरार भएका हकिम बैठा आफ्नै घरमा लुकिछिपी बसेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।

उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका हकिम बैठालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *