सर्लाहीको बलरामा आगलागीबाट उखुखेतिमा क्षति

Byसदाम हुसैन

२०८२ माघ ११, आइतवार २०८२ माघ ११, आइतवार २०८२ माघ ११, आइतवार

सर्लाही, ११ माघ । सर्लाहीको बलरा नगरपालिका – ६ मिर्जापुरमा आगलागी हुँदा १३ जना किसानको उखुखेतीमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार आगलागीबाट मिर्जापुरका मनि भुषण सिंह, नवीन कुमार सिंह, गणेश प्रसाद सिंह, मनोज कुमार सिंह, दीपेन्द्र कुमार सिंह, अरुण कुमार सिंह, राजेश सिंह, बालमिकी सिंह, अजय सिंह, हरिन्द्र पासवान, अनिल सिंह, बैनाथ साह र शैलेन्द्र सिंहको उखुखेती आंशिक रूपमा जलेको छ ।

चिनी मिलमा बिक्री गर्ने तयारीमा रहेको उखु जलेपछि किसानहरू चिन्तित बनेका छन् ।

प्रहरीका अनुसार आगलागीबाट करिब २७ लाख ६० हजार रुपैयाँ बराबरको उखुमा क्षति पुगेको छ ।

काटिसकेको उखुको पात जलाउने क्रममा आगो अनियन्त्रित भई छेउछाउका खेतमा फैलिँदा उखु बाली जलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *