सर्लाही, १९ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आईतबार ६४९ औँ सन्त रविदास जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । रविदास सेवा समाजको आयोजनामा नाढीमन तालस्थित चन्द्रनगर गाउँपालिकाको परिसरमा कार्यक्रम सम्पन्न भएको हो ।

रविदास जन्मजयन्ती समारोह बहुजन समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजाराम पासवानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, उपाध्यक्ष गीतादेवी महतो, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूले मन्तव्य व्यक्त गर्दै सन्त रविदासको सामाजिक समानता, मानवतावाद र छुवाछूतविरुद्धको विचार आज पनि सान्दर्भिक रहेको बताए ।

वक्ताहरूले दलित तथा सीमान्तकृत समुदायको हकअधिकार सुनिश्चित गर्न सन्त रविदासले देखाएको मार्ग अनुकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

चन्द्रनगर गाउँपालिकामा करिब एक हजारको हाराहारीमा सन्त रविदासको विचार र परम्परासँग सम्बन्धित चमार समुदायको बसोबास रहेको छ ।

दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिपूर्वक माघ पूर्णिमाका दिन रविदास जयन्ती मनाउने परम्परा रहिआएको छ ।

रविदास जयन्तीको अवसरमा मधेश सरकारले आईतबार प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *