सर्लाही, २४ माघ । टी–२० विश्वकपको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हराउँदै विजयी सुरुवात गर्‍यो ।

१४८ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । फहिम अशरफले ११ बलमा तीन छक्का र दुई चौकासहित अविजित २९ रन प्रहार गरे । साहिवजादा फरहानले ४७, साइम अयुवले २४ रन जोडे ।

नेदरल्यान्ड्स १९.५ ओभरमा १४७ रनमा अलआउट भयो। कप्तान स्कट इडवार्ड्सले ३७ र बास डी लिडेले ३० रन बनाए । पाकिस्तानका बलरमध्ये सलमान मिर्जाले तीन विकेट लिए भने साइम अयुव, मोहम्मद नवाज र अबरार अहमदले दुई–दुई विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *