सर्लाही, २५ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । न्यायाधीश शारङ्गा सुवेदी र टेकप्रसाद ढुंगानाक इजलासमा सुनुवाइ भइरहेकाे छ र छिट्टै अन्तरिम आदेश हुने वा नहुने निर्णय आउने छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली–१ बाट उम्मेदवारी दिएका चौधरीको मनोनयन निर्वाचन अधिकृतले जन्मकैद सजाय पाएका व्यक्तिले उम्मेदवार हुन नपाउने कानुनको आधारमा खारेज गरेको थियो ।

चौधरी २०७२ भदौ ७ गते थारु आन्दोलनको क्रममा टीकापुर घटनामा आरोपित थिए र सबै अदालतले दोषी ठहर गरेका थिए । पछि गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि उनी कारागारमुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *