सर्लाही, २९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै मतदान हुने बताएकी छन् । 

बिहीबार हिमाली क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बु पुगेकी छन् । सोलुखुम्बुको नाम्चे र सल्लरीमा उनले सरोकारवालासँग छलफल गरेकी छन् । 

सोलुखुम्बु प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीबारे ब्रिफिङ लिएकी छन् । सरोकारवालासँगको छलफलमा प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव हुने बताएकी हुन् । 

जिल्ला समन्वय समितिको कार्यालयमा सरोकारवालासँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले समयमै निर्वाचन हुने बताएकी छन्। उनले हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव गर्न सकिने बताइन् । 

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी लीला केसी पाण्डे, मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रहरी नायब उपरीक्षक मनोजित कुँवरलगायतले निर्वाचन तयारी र जिल्लाको अवस्थाबारे जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *